सार्वजनिक संस्थानलाई खर्च कटौती गर्न निर्देशन

l8lh6n Pksf] pb\3f6g sf7df8f}F, !) df3 M pkk|wfgdGqL tyf cy{dGqL lji0f’k|;fb kf}8]n dª\unaf/ /fli6«o jfl0fHo a}+ssf] %*cf}F jflif{sf]T;j sfo{qmddf k|ljlwsf] dfWodaf6 a}+ssf] l8lh6n Pksf] z’ef/De ug'{x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थानले खर्च कटौती गर्नुपर्ने बताएका छन । राष्ट्रिय वाणिज्य बैंकको २८ औं वार्षिकोत्सव कार्यक्रममा उनले अर्थतन्त्रमा केही चाप, समस्या र चुनौती रहेको भन्दै खर्च कटौती गर्नुपर्ने बताएका हुन ।
सो अवसरमा अर्थमन्त्री पौडेलले मुलुकको बिद्यमान अवस्थालाई ध्यानमा राखेर खर्चमा मितव्ययिता अपनाउन पनि आग्रह गरे । राजस्व संकलन कम हुँदा खर्च परिचालनमा समस्या परेको भन्दै उनले भने,‘३५ प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेकाले तिनलाई बैंकिङ पहुँचमा ल्याउन सरकारी बैंकले प्राथमिकता दिनु पर्छ’ । सरकारी बैंकको सेवा प्रवाह सहज हुनुपर्ने र निजी बैंकसँग प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि उनको भनाई थियो ।

सोही अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी बैंकलाई मर्जरमा जान सुझाव दिए । निजी क्षेत्रका बैंकहरु धमाधम मर्ज भएर उल्लेख्य मात्रामा संख्या घटिरहेको अवस्थामा गभर्नर अधिकारीले सरकारी बैंकलाई पनि मर्जरमा जान भनेका हुन । केन्द्रीय बैंकले कुनै ाध्यात्मक व्यवस्था नगर्दा पनि निजी क्षेत्रका बैंकहरु आफैंले व्यवसायिक आवश्यकता बुझेर मर्जरमा गएको उल्लेख गर्दै सरकारी बैंकलाई पनि मर्जरमा जान उनले भनेका हुन ।

सरकारी बैंकहरुले व्यावसायिक आवश्यकता महशुस गरेर आफ्नो सञ्चालक समितिमा छलफल गरी मर्जरमा जानु अहिलेका लागि उपयुक्त समय भएको गभर्नर अधिकारीको भनाई थियो । उनले भने,‘यो दबाब होइन, सुझाब हो । केन्द्रिय बैंकले निजी क्षेत्रका बैंकहरुलाई पनि मर्जरमा जान दबाब होइन, सुझाव दिँदै आएको थियो ।’

गभर्नर अधिकारीका अनुसार केन्द्रीय बैंकले मर्जरमा कुनै पनि बाध्यात्मक व्यवस्था सिर्जना नगर्नेमा जोड दिए । ‘हामी घटेका छैनौ, हिँजोको भन्दा तल गएको छैनौं । तर, अरु बैंकसँग तुलना गर्दा हामी क्रमैसँग सानो बन्दै गएका छौ’ उनले भने, ‘तुलना गरेर हेर्ने हो भने अहिलेको मर्जरको प्रकृयाले बैंकलाई आफू सानो नहुन खोज्द खोज्दै, आफु जहाँको त्यही हुन खोज्दा खोज्दै पनि अरुको तुलनामा सानो भइरहेका छौं ।’

निजी क्षेत्रका बैंकहरु यही बर्ष धेरै मर्जरमा गएर लगात घटाउने, क्षमता बढाउने, बजारमा प्रतिस्पर्धात्मक सेवा पुर्याउने क्रममा लागेको धारणा उनको थियो । उनले राष्ट्र बैंकले डिजिटल बैंकिङ सर्भिसलाई जोड्तोडका साथ अघि बढाएको स्मरण गराउँदै कोरोनाको समय र त्यसपछिका उपलब्धिहरु सराहनीय भएको दाबी गरे । त्यसमा बैक तथा वित्तीय संस्था सेवा प्रदायकको भूमिका महत्वपूर्ण भएको उनको भनाई थियो ।

कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले क वर्गका बैंकहरुको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्दर्भमा वाणिज्य बैंकले पनि उपयुक्त रणनीति बनाएर अघि बढ्ने बताए । उनले यसका लागि उपयुक्त आवश्यक रणनीति बनाउने र त्यसका लागि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउने बताए । नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको बताउदै बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि–ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेकोमा जोड दिए ।

बैंकले विगतमा विभिन्न उतारचढाव भोगे पनि पछिल्ला वर्षमा वित्तीय सूचकाङ्क र व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सफल भएको सीईओ श्रेष्ठले दाबी गरे । बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षे रणनीतिक योजना तर्जुमा गरी व्यवस्थापन र मानव संशाधन अडिटलगायतका काम गरेको पनि उनले बताए ।

एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रूपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको श्रेष्ठको भनाइ छ । बैकले गत आर्थिक वर्ष २०७८÷७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता ७ लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

प्रतिक्रिया