१०औँ ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ को मनोनयन सार्वजनिक

काठमाडौं । १०औँ ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ को दशौं उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । उक्त अवार्डमा सहभागी भएका गीत संगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

२०७८ बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु १०औँ म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको आयोजक सुमन पण्डितले जानकारी दिए । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोकदोहोरी, गजल, चलचित्र र आधुनिक विधाका स्रष्टा र सिर्जना अवार्डमा समावेश गरिएको उनले बताए ।

अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायांकार, भिडियो सम्पादक, उत्कृष्ट गीतलगायतका विधाहरुमा अवार्ड आयोजना गरिने उनको भनाइ छ ।

विगत ९ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको उक्त म्यूजिक खबर म्यूजिक अवार्ड’ को मुलुकको प्रतिष्ठित अवार्डमा रुपमा हेरिएको आयोजक पण्डितले जिकिर गरे । ‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन राजधानी लगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गर्दै आएको सुमनको जिकिर छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको सो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले प्रस्तुत गर्दै आएको थिाय । अवार्ड आगामी फागुनको पहिलो हप्तामा राजधानीमा सम्पन्न गरिने उनले बताए ।

‘अवार्डमा गीत संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिनेछ,’ आयोजक पण्डितले भने, ‘पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिनेछ, एक जना युवा प्रतिभालाई म्यूजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिनेछ ।’

एकजना वरिष्ठ पत्रकारलाई म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया