माधव नेपाललाई भेट्न एकीकृत समाजवादीकाे कार्यालय पुगे वामदेव गौतम

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल र वामपन्थी नेता वामदेव गौतमबीच भेट वार्ता भएको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भेटघाट भएको हो । भेटमा समसामयिक राष्ट्रिय अन्तराष्ट्रिय राजनैतिक परिस्थितिको बारेमा छलफल भएको बताईएको छ ।

भेटमा नेता वामदेव गौतमले आफ्ना दस्तावेज तथा पुस्तकहरु पार्टी अध्यक्षलाई हस्तान्तरण गरे । आजको भेटमा उक्त दस्ताबेजहरु अध्ययन गर्ने र त्यस बिषयमा अर्को भेटमा छलफल गर्ने सहमति भएकाे बताइएकाे छ ।

अध्यक्ष नेपालले गौतमलाई यथासिघ्र पार्टीमा एकतावद्ध भएर अघि बढ्न प्रस्ताव गरेकाे र साे प्रस्तावलाई गौतमले सकारात्मक रुपमा लिएक एक नेताले बताए । छिट्टै निर्णय गर्ने प्रतिबद्धता ब्यक्त गरे । आजको बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधरको उपस्थिति थियो ।

प्रतिक्रिया