कालीकोट । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले विद्यालय जानबाट बञ्चित बालबालिकोको खोजी गरी स्कुल भर्ना गर्नुपर्ने बताएका छन् ।
मंगलबार मान्ममा जिल्लाका ९ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरुका लागि ४ दिने क्षमता विकास तालिमकामा सहभागी शाखा प्रमुखहरुलाई प्रजिअ शर्माले यस्तो निर्देशन दिका हुन् ।
शैक्षिक गुणस्तरमुखी सामुदायिक विद्यालय कायम गर्न तथा शैक्षिक योजना कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटको आयोजनामा सञ्चालित ४ दिने तालिममा प्रजिअ शर्माले कालीकोटमा अझैप नि बालबालिका स्कुल जानबाट बञ्चित रहेका र यसको सावधानका लागि पालिकाले खोजी गरी विद्यालय भर्ना गर्नुपर्ने उनले बताएका हुन् ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले अझै पनि बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिका विद्यालय जानबाट बञ्चित रहेको पाइएको बताए । उनले यस्ता बालबालिकालाई खोजी गरी संघ संस्थाहरुको सहयोग र समन्वयमा पालिकाले अनिवार्य विद्यालय भर्ना गर्नुपर्ने बताए ।
यस्तै प्रजिअ शर्माले शैक्षिक शत्र सकिन लाग्दासमेत विद्यालयमा पाठ्यपुस्तक नपुग्नु दुःखद कुरो भएको भन्दै पालिकाले यसको बारेमा विद्यालय र बिक्रेतासँग जानकारी लिएर समस्याको सावाधान गर्न समेत निर्देशन दिए । कतिपय विद्यालयमा भौतिक संरचना अनुसार संरचना निर्माण हुन सकेका छैनन् ।
शिक्षा विभागको आफ्नै प्राविधिक मापदण्ड छ तर यसको सही ढंगले कार्यनन्वयन गर्न समेत उनले अपिल गरे । यस्तै तालिम उद्घाटन कार्यक्रममा प्रहरी प्रमुख जयश्वर रिमालले विद्यालयमा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरेको र जसले विद्यालय बालबालिका र किशोरी सुरक्षाका विषय रहेको बताए । साथै, उनले यसमा पालिकाको सहयोग र समन्वय आवश्यक रहेको बताए ।
यस्तै, कार्यक्रमका अध्यक्ष तथा शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख प्रकाशचन्द धितालले जिल्लाको कमजोर शैक्षिक गुणस्तरका विषयमा ठूलो कुरा उठेको बताए । गुणस्तर कायम गर्न र नीति निर्माण गर्न जिल्लाकै बृहत गोष्ठीको आयोजना गर्न आवश्यक रहेको उनले बताए ।
प्रमुख धितालले विगतमा जिल्ला शिक्षा कार्यलयवाट प्रवाह भएका गतिविधिहरुमा ठूलो वेरुजुको तथ्यांक रहेको र यसको असुल उपरमा पालिकाले ध्यान दिनुपर्ने बताए । कालीकोटमा शिक्षाका विषयमा केही राम्रा कामहरु पनि भएको र यसको सिको र अझै राम्रो काम गर्नुपर्ने उनले बताए ।
तालिम उद्घाटन कार्यक्रमको सञ्चालन प्रशासनिक सहायक सुनिता रोकायले गरेकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव खडानन्द अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष विश्वनाथ सिम्खाडालगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कालिकाेट
प्रतिक्रिया