विद्यार्थीलाई निःशुल्क गणित साहित्य पुस्तक

कालीकाेट । विद्यार्थीहरुलाई नि:शुल्करूपमा गणित साहित्य पुस्तक बितरण गरिएको छ । जिल्लाको खाडाचक्र नगरपालिका ३ को आर्थिक सहयोग एबं श्री जनजीवन मावि ताडीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मणकुमार शाहीको पहलमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गणित साहित्य पुस्तक निःशुल्क बितरण गरिएको हो ।

जनजिवन माध्यामिक विद्यालयमा अध्यनरत कक्षा ८ र ९ का १५० जना विद्यार्थीलाई निःशुल्क गणित साहित्य पुस्तक बितरण गरिएको हाे । जिवनको लामो समय शैक्षिक क्षेत्रमा विताएका गणित साहित्यकार सबराज बमद्वारा लिखित पुस्तक गणित साहित्यमा विभिन्न कविता र अन्य साहित्य प्रकाशित छन् । विद्यालयमा अध्यन गर्ने विद्यार्थीलाई गणितका सुत्र तथा हिसावहरु समाधान गर्न सजिलो हुने अध्यक्ष शाहीले जानकारी दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया