सल्यानमा सुन्तला उत्पादन बढ्यो, २८ करोड बढीको निर्यात

सल्यान । सल्यानमा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ । विगत तीन बर्षदेखी उत्पादनमा निरन्तर ह्रास आइरहेको सुन्तलाको उत्पादनमा यस बर्ष भने करिब २५ प्रतिशतले बृद्धि भएको हो । जिल्लाको कोटमौला, कोटबारा, दमाचौर, लेखपोखरा, चाँदे, फलावांङ्ग, कजेरी, सेजवालटाकुरा लगायत जिल्लाभर गरेर कृषकले ९ सय ८० हेक्टर बढी क्षेत्रफलमा सुन्तला खेतीगर्दै आइरहेका छन् ।
कृषि विकास कार्यालय सल्यानकाअनुसार यस वर्ष जिल्लाभर करिब ८ हजार ३ सय ७६ मेट्रिकटन सुन्तलाउत्पादनहुने अनुमानगरिएको छ । गतवर्ष ६ हजार ८ सय ८५ मेट्रिकटन सुन्तलाउत्पादनभएको थियो । यस्तै अघिल्लो आर्थिक बर्ष २०७७÷०७८ मा७हजार ४ सय ८३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

सुन्तला बिक्रीबाट मात्रै यस वर्ष जिल्लाका कृषकले २८ करोड रुपैँया सम्म भित्र्याउने अनुमानगरिएको छ । कृषि विकास कार्यालयले सञ्चालन गरेको सुन्तला बगैँचा सुधार कार्यक्रमको प्रभाव र पर्याप्तबर्षात हुदाँयसबर्ष सुन्तला उत्पादनमा बृद्धि आएको कार्यालयका सुचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

‘समग्रमा हेर्दा जिल्लाभर करिब २५ प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि आएको छ, अहिले कोटमौला क्षेत्रमा कृषकहरुलाई सुन्तला टिप्न, क्यारेटमा राख्न, गाडीमा लोड गर्ने चटारो छ’ उनले भने ‘विगतका बर्षमा उत्पादनमा ह्रास आएको थियो, यो पटक उत्पादनमा बृद्धि हुदाँ कृषकहरु खुसी छन् ।’ विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असर लगायतका कारण उत्पादनमा ह्रास आइरहेको थियो ।

यस बर्ष भने करिब एक हजार तीन सय मेट्रिकटन बढी सुन्तला उत्पादन हुने आँकलन गरिएको छ । जिल्लामा सुन्तलाको उत्पादनमा बृद्धि भए पनि मूल्यमा भने गिरावट आएको छ । विगतमा कम सुन्तला उत्पादन हुदाँ बढी मूल्यमा बेचेका कृषकहरुले यस बर्षभने उत्पादन बढी हुदाँ कम मूल्यमा सुन्तला बिक्री गर्दै आइरहेका छन् । गतवर्ष सुन्तला प्रतिकेजी ६०÷६५ रुपैयाँमा बिक्री गरेका कृषकले यो वर्ष भने प्रतिकेजी ५०/५५ रुपैयाँमा सुन्तला बिक्री गरिरहेका छन् ।

यहाँ उत्पादन भएको सुन्तलाको करिब ६५ प्रतिशत सुन्तला जिल्लाबाहिर निर्यात हुदै आएको छ । सल्यानमा उत्पादित सुन्तला काठमाडौं, नेपालगन्ज, बुटवल, दाङ मात्रनभई भारतको सुनवल, लखनउसम्म पुग्ने गरेको छ । अहिले सुन्तला पाकेर जिल्लाको कोटमौला पहेँलपुर भएको छ । कृषकहरुले स्थानीय ब्यापारीलाई सुन्तला निर्यातका लागि ठेक्का दिएका छन् ।
जिल्लाका कृषकहरुले ब्यापारीहरु मार्फत नै सुन्तला बेच्ने गरेका छन् । कोटमौलाका कृषक लोक बहादुर डाँगीले सुन्तलाको सिजन शुरु भएसँगै सुन्तला टिपेर बिक्री गर्न थालिएको बताए । उनले व्यापारीहरुलाई ठेक्का दिएर सुन्तला टिप्न थालिएको बताए । करिब ९ सय बोट सुन्तला रोपेका डाँगीले सुन्तला बेचेर नै झण्डै १० लाख बढी आम्दानी गर्दै आएका छन । यस बर्ष गतबर्षको भन्दाआम्दानी बढेको उनको भनाई छ । गतबर्ष करिब ५० क्विन्टिल सुन्तला उत्पादन गरेका उनले यसबर्ष गतबर्षको भन्दा दोब्बर उत्पादन भएको बताए । ‘२०६६ साल देखी सुन्तला खेती शुरु गरेको हुँ, सुन्तलाका बिरुवा पनि उत्पादन गर्छु’ उनले भने ‘गतबर्षको जतिमूल्यनपाएपनि यस बर्ष सुन्तलाको उत्पादन बढेकाले गत बर्षको भन्दा आम्दानी धेरै हुन्छ ।’

प्रतिक्रिया