लमजुङ । जिल्लाको बेँसीशहरको सहजी खेल मैदानमा त्रिवेणी कपको ३०औँ संस्करण सुरु भएको छ । विगत ३० वर्षदेखि बेँसीशहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको हो ।
लमजुङमा आयोजित राष्ट्रव्यापी फुटबल प्रतियोगितामा देशभरका १४ क्लबले भाग लिएका छन् । प्रतियोगिताको गण्डकी प्रदेशका सांसद एवं क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले उद्घाटन गरेका हुन् ।
त्रिवेणी कपको संस्करणमा पहिलो हुने समूहलाई नगद रु पाँच लाख त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद तीन लाख प्रदान गरिनेछ । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद रु ५०–५० हजार प्रदान गरिने ३०औँ त्रिवेणी कप आयोजनाका अध्यक्ष विनोद गुरुङले बताए ।
उनका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
लमजुङ
प्रतिक्रिया