लमजुङमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले लागुऔषध कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको मध्यनेपाल नगरपालिका–ं ५ मा बस्ने वर्ष ३० का विनोद शाहीलाई पक्राउ गरेको हो ।

लागुऔषध (गाँजा) कसुर मुद्दामा जिल्ला अदालतबाट फैसला भई ९ महिना १ दिन कैद सजाय भुक्तान गर्न बाँकी रही फरार भएका शाहीलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले बिहीबार पक्रउ गरेको जनाएको छ ।

पक्राउ परेका शाहीलाई जिल्ला अदालत लमजुङले बिहीबारबाटै लागु हुने गरी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कार्यालयबाट गत मंसिर महिनाबाट पौष महिनाभित्र विभिन्न मुद्दामा फरार भएका १६ जना प्रतिवादीलाई पक्रउ गरी जिल्ला अदालतमा बुझाएको र कैद तथा जरिवाना असुल गराएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिए ।

उनका अनुसार निज प्रतिवादीहरुबाट दुई लाख ५४ हजार ६७ रुपैयाँ जरिवना असुलउपर भएको र २ वर्ष ४ महिना ५ दिन कैद भुक्तानको लागि कारागार चलान भएको छ ।

प्रतिक्रिया