कालिकोट । राजनैनिक दलहरुमा, दलित र युवाहरुको प्रतिनिधित्वसम्बन्धी अरन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको राजनैनिकमा प्रायः दलित, महिला र युवाहरुको सहभागीतामा कमी हुनुको कारण, राजनैतिक दलबाट आफूखुसी भएर दलित समुदायलाई पछाडि पारिनु, दलित अधिकारका क्षेत्रमा राजनीतिक दलहरुको असहयोग हुनुको कारण के हो र कस्को कमजोरी ? को दोसी भन्ने विषयमा बृहत् अन्तरक्रिया गरिएको छ ।
युरोपियन युनियन, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, दलित महिला संघ फेडो नेपालद्वारा सञ्चालित हाम्रो आवाज हाम्रो रोजाई परियोजनाको आयोजनामा कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम दलित महिला संघ फेडा नेपालकी अध्यक्ष हजा सुनारको अध्यक्षतामा भएको हो ।
राजनैनिक दलहरुमा महिला र विशेष गरी दलित महिला तथा युवाहरुको प्रतिनिधित्व के कस्तो छ भन्ने विषयमा बृहत् छलफल गरिएको छ । बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागी राजनैनिक दलहरुले दलित समुदायलाई राजनीतिक दलहरुको तर्फबाट कुनै पनि दृष्टिकोणले पछाडि नपारेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा कालिकोटका वडा तथा कार्यपालिकामा दलित सहभागीता रहेको बताउँदै संघ र प्रदेशको चुनाबमा पनि देशभरिबाट पार्टीको नियमानुसार दलित समुदायलाई पनि संघ र प्रदेशमा सहभागीता गराएको बताएका छन् ।
प्रतिनिधिसभामा नेकपा एमालेबाट प्रत्यक्षतर्फ छबिलाल विश्वकर्मा निर्वाचित भएका छन् । अन्य ठूला दलहरुले पनि समानुपातिकबाट दलित सहभागिता गराइरहेका छन् ।
बृहत् अन्तरक्रिया कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका परियोजना विशेषज्ञ कविता चापागाँई, परियोजना संयोजक रमेश नेपाली, नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा लगायतका अन्य पार्टीहरु र जिल्लास्थित मिडियामा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
कालिकाेट
प्रतिक्रिया