रुकुम पश्चिमका चार पत्रकारलाई सम्मान

रुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले चार पत्रकारलाई सम्मान गरेको छ । जिल्लामा क्रियाशिल ४ पत्रकारलाई जनही ५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो । महासंघको सातौ साधारण सभाको अवसरमा क्रियाशिल पत्रकारलाई सम्मान गरिएको महासंघका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

सम्मानित हुनेमा गोरखापत्र दैनिकका जिल्ला संवाददाता राजु लामिछाने, नेपाल टेलिभिजनका जिल्ला संवाददाता अमरराज पुन, कान्तिपुर टेलिभिजनका जिल्ला संवाददाता महेश केसी र आहा सञ्चार सप्ताहिकका प्रकाशक तथा सम्पादक मेगराज खड्का रहेका छन ।

सक्रिय पत्रकारिता मार्फत सामाजिक रुपान्तरणमा योगदान पुर्याएका पत्रकारलाई नगद सहित सम्मान गरिएको अध्यक्ष केसीले बताए । महासंघले जिल्लास्थित सबै रेडियो, पत्रिका र अनलाइनलाई पनि सम्मान गरेको छ । नेपाल पत्रकार महासंघकाे संस्थापक कायसमिति, पूर्व पदाधिकारी तथा जिल्लास्थित विभिन्न कार्यालयहरुलाई पनि कदर पत्रले सम्मान गरिएको हो ।

कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवराम देवकोटाले पत्रकार तथा मिडियालाई सम्मान गरेका हुन । शनिबार जिल्ला सदरमुकाम मुसीकोट खलंगामा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया