विद्यार्थीलाई ज्याकेट वितरण

रुकुम पूर्व । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ६ मयाङमा रहेकाे जनजागृति आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको छ । चिसोबाट जोगाउन १८ जना बिद्यार्थीहरुलाई कर्म फ्लाइट्स पोखराले ज्याकेट वितरण गरेको हो । आज विद्यालयमा पुगेर विद्यार्थीहरुलाई ज्याकेट प्रदान गरेको कर्म फ्लाइट्सका जिल्ला प्रतिनिधि कर्मसही घर्तीले जानकारी दिए ।

आफैले ज्याकेट किन्न सक्ने अवस्था नभएका परिवारका विद्यार्थीहरुलाई छनौट गरेर न्यानो ज्याकेट वितरण गरिएको उनले बताए । कर्म फ्लाइट्सले रुकुम पूर्वमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । यसअघि पनि उसले विभिन्न व्यक्तिहरुलाई सहयोग गर्ने गरेको थियो ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया