जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा आज जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका– ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा ९ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए

। उनका अनुसार सो दुर्घटनामा परी तीन जना घाइते भएका छन् । मध्यपहाडी मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया