
लमजुङ । लमजुङ जिल्लमा बिगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा सेवा दिँदै आएको संस्था नमस्ते किड्स नेपालद्वारा बालबालिकाहरुलाई जाडोका कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।
नमस्ते किड्स नेपाल एवं जर्मनी परिवारको आर्थिक सहयोगमा सञ्चालन गरिएको गड प्यारेन्ट्स परियोजनाअन्तर्गत जिल्लाको विभिन्न वडाका विद्यालयभित्र अध्ययनरत ६० जान बालबालिकाहरुको आवश्यकतालाई मध्यनजर गरी जाडो मौसमका लागि हाईनेक, सेट, मोजा, टोपी, साथमा शैक्षिक सामग्रीसँगै विद्यालयमा प्रयोग हुने झोला आइतबार वितरण गरिएको संस्थाका जिल्ला संयोजग अनिल गुरुङले जानकारी दिए ।

उनका अनुसार उक्त सामग्री वितरण संस्थाका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा वितरण गरिएको हो । सो सामग्री वितरण कार्यक्रममा संस्थाका उपाध्यक्ष्य अनिलकुमार श्रेष्ठ, सुस्मिता गुरुङ, जिल्ला स्वंसेविका दिव्या गुरुङ र विद्यार्थीका अभिभावकहरुको सहभागीता रहेको संयोजक गुरुङले बताए ।


लमजुङ
प्रतिक्रिया