सानिमा बैंकको १८ सुविधासहित बचत खाता सञ्चालन

काठमाडौं । सानिमा बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ । बैंकले १८ वर्षभन्दा माथिका युवा वर्गलाई लक्षित गरी बचत खाता सञ्चालनमा ल्याएको हो । शून्य मौज्दातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, ई–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो सेयर निःशुल्क जारी गरिने बैंकले जनाएको छ ।

साथै, निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरका भिसा नेटवर्क एटीएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क ई स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको बैंकले जनाएको छ । यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम-छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरूको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने बैंकले जनाएको छ । यस खाताले युवा वर्गमा बचत गर्ने बानी र डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिने विश्वास लिएको बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया