बेसीशहरमा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण कार्यक्रम

लमजुङ । देशभर १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन भएसँगै लमजुङ जिल्लामा पनि लैंगिक हिंसाविरुद्धको अभियान जिल्लाको सबै पालिकाहरुमा सञ्चालन भएको छ ।

यसै अवसरमा बेसीशहर नगरपालिका वडा नम्बर १० मा पनि वडास्तरीय अभिमुखीक सञ्चालन गरिएको हो । बेसीशहर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालय लमजुङ र बेसिशहर नगरपालिका– १० को साझेदारीमा उक्त अभियान सञ्जालन गरिएको हो ।

गंगाबाहादुर थापाको अध्क्षयतामा भएको अभिमुखीकरण अभियानमा प्रमुख अतिथि बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको प्रमुख आतिथ्य रहेको कार्याक्रममा व्यानर पढेर उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै उनले लैंगिक हिंसा महिलामा मात्रै नभई पुरुषमा पनि हुने बताइन् । साथै, उनले अन्याय कसैले पनि सहन नसक्ने बताइन् ।

जिल्लामा हजाराैँ हिंसा सम्बन्धीका नाममा अनेकौँ प्रयास भएता पनि पुरातनवादी सोच अझै नहटेकाले गर्दा समाजमा लैंगिक हिंसा अझै पनि कम हुन नसकेको बताइन् ।

उनले लिंगका आधारमा शारीरिक, मानासिक, सांस्कृतिक, र यौनिक हिंसा गरी मानव अधिकार उल्लंघन गर्ने गतिविधि सबै हिंसाभित्र पर्ने भएकाले महिला पुरुष दुवैले हिंसा लुकाउन नहुने बताइन् । उक्त कार्यक्रममा नगरपालकाभित्र रहेका विभिन्न आमा समूहका पदाधिकारीको सहभागीता रहेको थियो ।

त्यसैगरी सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी सायक मालती रानामगर र प्रहरी जवान चन्द्रमाया श्रेष्ठको, समता महिला सञ्जालकी अध्यक्ष सूर्यकला थापा लगायत वडा सदस्यहरु किमप्रसाद गुरुङ, नारायण तामाङ, शन्तक्ुमारी गुरुङ, कमला परियारको रहेको थियो ।

कार्याक्रममा स्वागत मन्तव्य शन्तकुमारी गुरुङले राखेकी हुन् भने संञ्चालन बेसीशहर नगरपालिका– १० को सामाजिक परिचालक रामकुमारी घिमिरेले गरेकी हुन् ।

प्रतिक्रिया