महाकाली विवादबारे सरकारले पठायो भारतलाई कूटनीतिक नोट

काठमाडौं । महाकाली नदीमा उत्पन्न भएको नेपाल–भारतको विवादबारे नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

सरकारले महाकालीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको हो । मंगलबार सो सम्बन्धमा नेपालको धारणासहितको कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

प्रवक्ता लम्सालले भारत सरकारलाई नेपालको धारणा समेटिएको कुटनीतिक नोटमा नेपालको सवाल, नेपालले गर्नुपर्ने कुराहरु, नेपालले भारतीय पक्षलाई भन्नुपर्ने कुराहरू लेखेर पठाएको जानकारी दिइन् नेपालले काठमाडौंमा रहेको नेपालका लागि भारतीय राजदूतावास मार्फत सो पत्र पठाएको उनको भनाइ छ ।

केही दिन यता भारतले दार्चुलास्थित नेपालको सिमानामा रहेको महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतीय भूमिमा एकतर्फी बाँध बनाउँदै आएको छ । सो सम्बन्धमा दुई देशका स्थानीयबासीबीच ढुङ्गा हानाहान समेत भएको थियो ।

प्रतिक्रिया