कामना सेवा बैंकको शाखा रहित सेवा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ०३ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्सलाई शाखा रहित बैंकिग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं. ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्त रुपमा शाखा रहित बैंकिग सेवाको उद्घाटन गरी सेवा शुरु गरेको थियो । कार्यक्रममा वडा नं. ३ का अन्य जनप्रतिनिधि, व्यावसायिक प्रतिनिधि, स्थानीय व्यक्तिको साथै बैंकका अन्य कर्मचारीको उपस्थिती रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

शाखारहित बैंकिग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया