गान्धीनगर । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गरेकी छन् ।
सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गरेकी हुन् । साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उनको निवासमा भेटेका थिए ।
उक्त भेटमा लिएको एक तस्वीरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेको देखिएको छ । प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमाको छेउमा बसेर साँझको चिया पनि लिएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हीराबेनको १००औँ जन्मदिनको अवसरमा गत जुन १८ मा पनि छोटो भेट गरेका थिए ।
प्रतिक्रिया