वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी

काठमाडाैं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरू र प्रवासी नेपाली कामदारहरूको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुनःएकीकरणका लागि सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको हो ।

सझदारीपत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आयार्च, बोर्डको तर्फबाट निर्देशक मैया कँडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । त्यस्तै नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरूको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचयपत्र प्रदान गर्ने र नेपाली कामदारहरूको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुर्नएकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।

साथै त्रिपक्षीय सम्झौताले वैदेशिक रोजगारमा जाने कामदारको हकहितको संरक्षण, सुरक्षित वैदेशिक रोजगारसम्बन्धी आधिकारिक सूचना संप्रेषण, श्रम स्वीकृति उपलब्ध गराउने, कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्दार गर्ने, राहत प्रदान गर्ने र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनएकीकरण सम्बन्धि नेपाल सरकारको कार्यलाई सहयोग मिल्ने अपेक्षा सरकारले लिएको छ ।

प्रतिक्रिया