बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

बझाङ। बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा जिल्लाको छविसपाथीभेरा गाँउपालिका वडा नं १ का ४० बर्षिया शिवहरी गिरी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको र आज दिउसो साढे ४ बजे तिर सोहि रुखको हाँगा काट्ने क्रममा विजुलीको तारमा छुन पुग्दा करेन्ट लागेको थियो । गिरीको उपचारको लागी जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो ।

प्रतिक्रिया