रहेनन् कवि जोशी

काठमाडौं । साहित्यकार कृष्ण जोशीको ८३ वर्षको उमेरमा निधन भएको छ । गीत, कविता र उपन्यास लेखनमा विशिष्ट नाम बनाएका जोशीको सोमबार बिहान स्वास्थ्यमा केही समस्या देखिएपछि काठमाडौं मोडेल अस्पतालमा उपचारार्थ लगिएको थियो । जोशीको मध्यरातमा निधन भएको हो । उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।

वासु शशी साहित्य प्रतिष्ठानका पूर्वअध्यक्ष जोशी भोजपुरमा जन्मिएका थिए । उनी ‘मृत्यु दोहोरिन्छ, म बाँचे भने’ उपन्यास (२०३४) लेखनबाट साहित्यिक क्षेत्रमा चिनिन थालेका थिए । उनका‘आगो समुन्द्र ः पानी समुन्द्र’, ‘विसंगत स्वरहरु’, ‘पोखरीभित्रको शताब्दी’, ‘चित्रदंश’, ‘ज्यामीपत्नीको घोषणा’ लगायतका कविता संग्रह र ‘असम्मत सम्मत’, ‘काठमाडौं वरिपरि’ उपन्याससमेत प्रकाशनमा आएका छन् । उनी व्यथित काव्य पुरस्कार, भानुभक्त पुरस्कार, भोजपुरे सेवा समाज साहित्य सम्मान आदिबाट सम्मानित भएका छन् । कवि जोशीका श्रीमती र ४ छोरा रहेका छन् ।

प्रतिक्रिया