दुई महिनादेखि गमगढी छायल सडकखण्ड अवरुद्ध, सयाैँ योजना अलपत्र

अलपत्र परेका यात्रु

मुगु । असोज १९ गतेदेखि २४ गतेसम्म लगतार परेको वर्षातले गमगढी—नाक्चेलाग्न सडक खण्डका बिभिन्न भागमा पहिरोले क्षेति बनाउँदा मुगुम कार्मारोङ गाँउपालिकामा रहेका सयौँ योजना अलपत्र परेका छन् भने यस क्षेत्रका सर्वसाधरण दैनिक उपभोग्य सामग्री लिन दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।

गमगढी—नाक्चेलाग्ना सडक खण्डअन्तर्गत विभिन्न भागमा पहिरोले सडक क्षेति बनाएपपछि उक्त सडक खण्डमा सडक डिभिजन जुम्लाले मर्मत नगरिदिँदा मुगु कार्मारोङ गाँउपालिमा संघीय, प्रदेश रगाँउपालिकाअन्तर्गतका सयौँ योजना अलपत्र पर्नुका साथै ब्यपारीहरुलाई ढुवानीमा समस्या भएपछि सर्वसाधरण आफूलाई आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री खरिद गर्न दुई दिन पैदल लगाएर सदरमुकाम गमगढी आउन बाध्य भएका हुन् ।

उक्त सडक क्षेत्रअन्र्तगत सालिम गाड, सुनात र भडडाँडीमा पहिरोलो सडकलाई क्षेति बनाएको छ । यो सडक अवरुद्ध हुँदा मुगुम कार्मारोङ गाँउपलिका—६ रिउस बगरमा नेपाल पब्लिक कन्ट्रकसनले निमार्णले गर्न थालेको १५ शैया अस्पाताल, थोदुङ्ग क्यारभान जेबीले निर्माण जिम्मा पाएको गमगढी—नाक्चेलाग्ना सडकअन्र्तगत छायल माँग्री डाँडा सडक साथै मुगुम कार्मारोङ गाँउपालिकाद्वारा र प्रदेश र संघिय सरकार र अन्य गैर सरकारी संस्थद्वारा सञ्चालित योजना तथा आयोजनका निर्माण सामग्री ढुवानी हुन नसक्दा सयौँका संख्यामा अलपत्र पर्नुका साथै दैनिक ब्यपारीहरुले दैनिक उपभोग्य सामग्री ढुवानी गन नसक्दा सर्वसाधरण दुई दिन पैदल लगाए सदरमुकाम गमगढी पुग्नु पर्ने बाध्यता रहेको हो ।

सडक अवरुद्ध भएपछि जोखिम मोलेर नुनको भारी बोक्दै स्थानीय

सडक डिभिजन कार्यालयलाई अवरुद्ध सडक खुलाउन जानकारी गराएको हो । अहिलेसम्म उक्त सडक खुलाउन कार्यालयले कुनै चासो नदिँदा समयमै सम्पन्न गर्न पर्ने योजना अलपत्र पर्नुका साथै सर्वसाधरणले जोखिम मोलेर दैनिक उपभोग्य सामग्री ल्याउन सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता रहेको मुगम कार्मारोङ गाँउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

रिउस बगरममा निर्माणधिन १५ शैया अस्पातल निर्माण सम्पन्न गर्न दुई महिना मात्र बाँकी छ । उक्त सडक खण्डअन्तर्गत छायाल माँग्री डाँडाको सडक निर्माण सम्पन्न गर्न १५ दिन बाँकी छ । अस्पातलम निर्माणकका लागि चाहिने सिमेन्ट र सरिया ढुवानी गर्न नसक्दा गमगढीमा रहेको गोदाममा सिमेन्ट बिग्रिसकेको छ । यता सडक निर्माणका लागि पलास्टर गर्न नेपाली सेनालाई लैजान पर्छ ।

अलपत्र परेका योजना

तर, सेनालाई उक्त स्थान लैजन बाटोको सहज छैन । साथै, अन्य मेसिन प्रयोग गर्नुपर्ने हुँदा डिजेल पेट्रोल ढुवानी हुन सकेको छैन । निर्माण ढिलो हुनु मुख्यै अवरुद्ध सडक नखुलाएकै कारणले भएको थोदुङ्ग क्याराभान जेबीका ठेकेदार कार्मा र्नोबेल तामङले बताए ।

सडक सञ्चालन हुँदा गमगढीबाट छाँयालसम्म ट्याक्टरमा प्रतिकेजी ४ रुपैयाँले ब्यापारीले सामान ढुवानी गरेका थिए । अहिले प्रतिकेजी ३० देखि ४० रुपैयाँमा खच्चडमार्फत सामन ढुवानी गर्दा सर्वसाधरण मारमा परेका हुन् । खच्चडमा ल्याएको सामग्री दुई दिनमै सकिन्छ ।

ग्राहकलाई भनेजति दैनिक उपभोग्य सामग्री पुर्याउन नसकेको तामाङले बताए । महँगो मानेर ग्राहक दुई दिन पैदल लगाएर गमगढी आफूलाई चाहिने सामग्री लिन जाने गरेको ब्यपारी रत्न बुढाले जानकारी दिए । गमगढी छायलसम्म १७ किलो मिटर सडक सञ्चालन हुँदा सबैभन्दा बढी बिरामी वृद्धवृद्धाहरुलाई सहज थियो । घरमा चाहिने सबै सामग्री छायल बजारमै पाइन्थ्यो ।

अहिले सडक अवरुद्ध हुँदा गाडीमा यातायात गर्न पाईएको छैन । उक्त सडकमा जोखिम मोलेर आवतजावत गर्नु परेको छ । जोखिम मोलेर दैनिक उपभोग्य सामग्री लैजान गमगढी पुग्नुपरेको छ अवरुद्ध सडक कहिले खुल्ने हो थाहा नभएको मुगुम कर्मारोङ गाँउपालिका—८ का कार्मा कामीले बताए । सडक अवरुद्ध हुँदा मुगुम कर्मारोङ गाउँपालिकाका नागरिक पैदल हिँड्न बाध्य छन् ।

गमगढी नाक्चालाग्न सडक ८७ किलोमिटर छ । सडक निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालयले अहिलेसम्म गमगढीदेखि छायलसम्म १७ किलोमिटर सडक निर्माण गरेर यातायातका साधन सञ्चालन हुने गरेको भए पनि गत असोजको पहिरोले सडक क्षतविक्षत भएपछि नागरिकको बिच्चली भएको छ ।

दैनिक उपभोग्य सामानदेखि अन्य औषधि उपचार गर्न सदरमुकाम आउन–जान सास्ती खेप्नुपरेको स्थानीय प्रेमा तार्ची लामाले बताए । पहिरोले गमगढी—नाक्चेलाग्ना सडक खण्डअन्तर्गत विभिन्न भागमा पहिरोले क्षेति बनाउँदा सडक अवरुद्ध भएको हो ।

यी भागममा पुनः मर्मतसम्भार गर्नका लागि कोटेशसन निकालेर काम गर्नुपर्ने भएकाले केही समय लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया