पूर्वन्यायाधीश ओझाद्वारा फिदिम माविकी मगरलाई छात्रावृत्ति प्रदान

पाँचथर । उच्च अदालतका पूर्वन्यायाधीश भिमकुमार ओझाले फिदिम मावि कक्षा ९ मा अध्ययनरत बालिका निलम मगरलाई २७ हजार छात्रावृत्ति प्रदान गरेका छन् ।

आइतबार उक्त रकम र न्यानो लुगा, स्कूल लुगा पूर्वन्यायाधीश ओझा र उनकी धर्मपत्नी देवीमायाले संयुक्त रुपमा छात्रा मगरलाई प्रदान गरेका हुन् ।

न्यायाधीश ओझाले स्व. बाबु हरिभक्त, बसुन्धरा, गंगा माया ओझाको नाममा ५ लाख अक्षयकोष स्थापना गरिएको ब्याजबाट छात्रावृत्ति दिइएको बताए ।

उनले एक वर्षअघि कोषको स्थापना गरेका थिए । ओझाले माविमा इञ्जिनियरिङ पढ्न आय कम भएका विद्यार्थीहरुलाई छनोट गरी रकम प्रदान गरिने कार्यक्रममा बताए ।

उक्त अक्षयकोष फिदिम माविमा वर्ष दिनअघि स्व. हरिभक्त, गंगा माया, बसुन्धरा ओझाको नाममा छात्रावृत्ति राखिएको माविका प्रधानाध्यापक बिनोद ठाकुरले जानकारी दिए ।

कार्यक्रमा विद्यालय परिवार, ओझाका परिवार, शिक्षक, विद्यार्थीलगायत को उपस्थिति रहेको थियो । पूर्वन्यायाधीश ओझा उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।

प्रतिक्रिया