सामन्था बनिन् चर्चित महिला

मुम्बई । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु ‘मोस्ट पपुलर फिमेल स्टार’ बन्न सफल भएकी छन् । हालै ओरम्याक्स स्टार इन्डिया लभले जारी गरेको सबैभन्दा लोकप्रिय महिला स्टारको सूचीमा उनले उक्त उपाधि हात पारेकी हुन् ।

उनले शीर्ष स्थान ओगट्दै बलिउड अभिनेत्री आलिया भट्ट र दीपिका पादुकोणलाई समेत पछि पारेकी छन् । इन्डिया लभले जारी गरेको सूचीको दोस्रो स्थानमा अभिनेत्री आलिया र तेस्रोमा अभिनेत्री नयनतारा छन् । यस्तै, चौथोमा अभिनेत्री काजल अग्रवाल, पाँचौमा अभिनेत्री दीपिका पादुकोण, छैटौंमा रश्मिका मन्डन्ना, सातौमा कट्रिना कैफ, आठौंमा अनुष्का सेट्टी, नवौंमा कृति सुरेश र दशौंमा तृषा कृष्णन छन् ।

अभिनेत्री सामन्था पछिल्लो समय चलचित्र ‘यशोदा’ मा देखिएकी थिइन् । उनले यो चलचित्रमा निर्वाह गरेको भूमिका दर्शकले निकै रुचाएका थिए । यसबाहेक उनी चलचित्र ‘पुष्पा’ को आइटम गीतमा समेत देखिएकी थिइन् । यसै गीतमार्फत उनी रातारात निकै चर्चित बन्न सफल भइन् ।

प्रतिक्रिया