तरलता अभावको समस्या तत्काल समाधान हुन्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभावको समस्या समाधानतर्फ गएको बताएका छन् । काठमाडौंमा आयोजित नेपाल भारत बीएफएसआई समिटमा गभर्नर अधिकारीले स्रोतको अभावका कारण तरलता अभाव भएको र यो समस्या नेपालमा मात्र नभएर विश्वमा देखिएको बताए ।

वित्तीय क्षेत्रमा अहिले छोटो/छोटो अवधिको तरलता अभाव र उतार चढाव वित्तीय स्रोतहरुको अभाव, ब्याजदर स्थायित्वको समस्या रहेको गभर्नरको भनाइ छ । सरकार र राष्ट्र बैंकको नीतिले अर्थतन्त्र सुधार गर्न मद्दत गरेको गभर्नर अधिकारीले बताए ।

प्रतिक्रिया