टोफिचो तड्का लिची बजारमा

काठमाडौ । टोफिचो तड्का लिची बजारमा आएको छ । सूर्य नेपाल प्रा. लिले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचो अन्तर्गत नयाँ तड्का लिचि टेष्टको नयाँ टिव्स्टको नारा सहित बजारमा सार्वजनिक गरेको छ । तड्का लिचिमा मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।

यस्को विक्री मूल्य प्रति गोटा २.५० रुपैया कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । आँप र पाइनएप्पलको स्वादमा उपलब्ध हुँदै आएकोमा लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टोफिचो तड्का लिचि नेपालभरिका रिटेल पसलमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया