सिजीको वल्र्डकप योजना

काठमाडौ । सिजी ब्राण्डले वल्र्डकप २०२२ को उपलक्ष्यमा ग्राहकको लागि विशेष योजना ल्याएको छ । कम्पनीका अनुसार विशेष फुटबलप्रेमी ग्राहकका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सिजीका टिभिमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ ।


यस विशेष योजनाको लाभ उठाई ग्राहकले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराइको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ । कम्पनीले नेपालकै एकमात्र ‘गुगल–सर्टिफाइड टिभी’ बजारमा उपलब्ध गराउँदै आएको छ । यसमा ग्राहकले विशिष्ट फुटबल हेराइको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

उत्कृष्ट पिक्चर क्वालिटी लगायत एन्ड्रोइड सिस्टमको सबै फिचररु सहित सिजीसँग फुटबल प्रेमी वल्र्डकपको मजा लिन सक्ने उल्लेख छ । साथै, नयाँ ५० हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीमा ग्राहकको पहुँच झनै सरल र सहझ हुने कम्पनीले जनाएको छ । सिजी ब्राण्डका टिभीहरू २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन ।

प्रतिक्रिया