प्रदेशमा धनबहादुर केसीको जित सुनिश्चित

रुकुम पूर्व । रुकुम पूर्वकाे क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार धनबहादुर केसीको जित सुनिश्चित भएको छ । मतगणना सुरु भएदेखि नै अग्रता लिएका केसीले अन्तिमसम्म पनि अग्रता कायम राखेका छन् ।

९ हजार १ सय ६३ मतगणना हुँदा केसीले ३ हजार ९ सय २९ मत ल्याएका छन् । केसीलाई स्वतन्त्र उम्मेदवार नरहरि खड्काले पछ्याइरहेका छन् । खड्काले अहिलेसम्म दुई हजार एक सय २१ मत ल्याएका छन् । खड्काभन्दा केसी एक हजार आठ सय ८ मतान्तरले अघि छन् ।

अहिलेसम्मको मत परिणाम हेर्दा केसीका मुख्य प्रतिस्पर्धी खड्का मानिएका छन् । यस्तै नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले एक हजार सात सय ६०, स्वतन्त्र उम्मेदवार केशव रावलले सात सय ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केशव चन्द्र समालले १३९, मंगोल नेशनल अर्गनाइजेसनका लेखन बुढाले ७६ मत पाएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का १२ वडामध्ये ११ वडाको मतगणना सकिएको छ । अब सिस्ने गाउँपालिका– ५ को मतगणना गर्न बाँकी छ । ५ नम्बर वडामा १३८८ मत खसेको थियो ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया