रुकुम पूर्व । रुकुम पूर्वको क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार धनबहादुर केसीको अग्रता कायमै छ । केसीले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

७ हजार ९ सय ७९ मतगणना हुँदा केसीले ३ हजार ४ सय १८ मत ल्याएका छन् । केसीलाई स्वतन्त्र उम्मेदवार नरहरि खड्काले पछ्याइरहेका छन् ।

खड्काले अहिलेसम्म १ हजार ९ सय ८६ मत ल्याएका छन् । खड्काभन्दा केसी १४३२ मतान्तरले अघि छन् । अहिलेसम्मको मत परिणाम हेर्दा केसीका मुख्य प्रतिस्पर्धी खड्का मानिएका छन् ।

यस्तै नेकपा एमालेकी उम्मेदवार भावना बुढाथोकीले १ हजार ३ सय ३४, स्वतन्त्र उम्मेदवार केशव रावलले ७ सय ७०, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केशव चन्द्र समालले ९८, मंगोल नेशनल अर्गनाइजेसनका लेखन बुढाले ७६ मत पाएका छन् । प्रदेश निर्वाचन क्षेत्र नम्बर (२) का १२ वडामध्ये १० वडाको मतगणना सकिएको छ ।

अब सदरमुकाम रुकुमकोटका दुई वडाको मतगणना गर्न बाँकी छ । यि वडामा दुई हजार पाँच सय ७२ मत खसेको थियो । निर्णायक मत रुकुमकोटको मानिएको छ । मतगणना जारी छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया