रुकुम पूर्वमा मतान्तर फराकिलो बनाउँदै पुन

रुकुम पूर्व । रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सुरुल पुनले मतान्तर फराकिलो बनाउदै लगेका छन् । यो प्रसङ्ग प्रदेश निर्वाचन क्षेत्र नम्बर (१) को जारी मतगणनाको हो ।

अहिलेसम्म ९ हजार १ सय १६ मतगणना भएको छ । जसमा माओवादी केन्द्रका ओलीले ३ हजार ३ सय २३ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार पुनले ४ हजार १ सय १७ मत ल्याएका छन् ।

ओलीभन्दा पुन ७९४ मतले अगाडि छन् । स्वतन्त्र उम्मेदवार पुनले सुरुदेखि नै आफ्नो अग्रता कायम राख्दै आएका छन् ।

प्रदेश निर्वाचन नम्बर (१) मा अर्का स्वतन्त्र उम्मेदवार दुतकुमार पुनले ९१२ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका पूरा पुनले ६९ मत ल्याएका छन् ।

अहिलेसम्म ३७६ मत बदर भएको छ । मतगणना जारी छ । अहिले पुथाउत्तरगङगा ९ र भुमे ७ को मतगणना चलिरहेको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया