प्यूठान । प्रतिनिधीसभा सदस्यमा प्युठानमा नेकपा एमालेका सूर्य थापा फराकिलो मतान्तरले अगाडि देखिएका छन् । नौवहिनी गाउँपालिका–र १ देखि वडा नम्बर ६ सम्म मतगणना गर्दा थापा १ हजार ७ सय ३ मतान्तरले अगाडि छन् ।
सूर्य थापाले ४ हजार ७ सय ३१ र दुर्गा वाम लोकतान्त्रिक वाम गठबन्धन तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलले ३ हजार २८ मत ल्याएकी छन् । नौवहिनी गाउँपालिकाका अब वडा नम्बर ७ र ८ को मतगणना हुन बाँकी छ ।
प्युठान
प्रतिक्रिया