रुकुम पूर्वमा माओवादीका घर्तीको अग्रता कायमै, एमालेका मल्ल पछि परे

रुकुम पूर्व । रुकुम पूर्वमा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर घर्तीले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । अहिलेसम्म ५ हजार दुई सय ७० मतगणना भइसकेको छ ।

यो मतमध्ये घर्तीले ३ हजार १ सय ६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले एक हजार २ सय ४८ मत ल्याएका छन् । घर्ती मल्ल भन्दा १ हजार ८ सय ५८ मतले अगाडि छन ।

यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ३१४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खिमबहादुर खत्रीले ४१ मत ल्याएका छन् ।

यसैगरी मंगोल नेशल अर्गनाइजेसन रतनबहादुर बुढाले १४० मत ल्याउँदा नेश्रलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले २११ मत ल्याएका छन् । २१० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर १ को ११ वडाको मतगणना भइसकेको छ । ८ वडाको मतगणना गर्न बाँकी छ । अझै १५ हजारभन्दा बढी मतगणना गर्न बाँकी छ ।

प्रतिक्रिया