काठमाडौं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसका गगनकुमार थापा भारी मतको अन्तरले विजयी भएका छन् ।
निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार ९ सय २९ मत खसेकोमा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
थापाका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया