महानगरको लोगो बनाउनेलाई एक लाख

मोरङ । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) प्रयोगमा ल्याउन लागेको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।

इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्ने जनाइएको छ । मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार छनोटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगदले पुरस्कृत गरिने छ । छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउने छ । लोगोमा समेटिनुपर्ने विषय र सर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरेको छ ।

प्रतिक्रिया