रौतहट– ४ मा गठबन्धनको अग्रता

रौतहट । रौतहटको क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको ३ घन्टापछि १ र २ नम्बर क्षेत्रको भर्खर मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को समाचार तयार पार्दासम्म मतगणना सुरु हुन सकेको छैन ।

क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एमालेका अजयकुमार गुप्ताबीच चुनावी टक्कर छ । त्यस्तै क्षेत्र नम्बर ३ मा एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका प्रभु साह र अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालबिच कडा टक्कर छ ।

त्यस्तै क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना र नेकपा एमालेबीच प्रतिस्पर्धा भइरहँदा तिमल्सिनाले ५ सय मतले अग्रता लिएका छ्न् ।

उता क्षेत्र नम्बर ४ प्रदेशसभा (क) मा माओवादी केन्द्रका युवराज भट्टराई ६ सय मत ल्याएर अग्र स्थानमा छ्न भने समाजवादीका बालकृष्ण श्रेष्ठले ३४९ र एमालेका उम्मेदवार अखिलेस्वर कुमार चौधरीले २८३ मत ल्याएका छ्न ।

प्रतिक्रिया