दाङ । दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रेखा शर्माले सुरुवाती अग्रता लिएकी छन् ।
२ हजार ७ सय ८० मतगणना हुँदा उनले १ हजार ४ सय ५० मत प्राप्त गरेकी छन् । त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार शंकर पोखरेलले ७ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।
यस क्षेत्रमा १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेकामा ७९ हजार ५ सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिको हलमा जारी छ ।
प्रतिक्रिया