इरानमा दुई अभिनेत्री पक्राउ

तेहरान । दुई प्रमुख इरानी अभिनेत्रीहरूलाई सार्वजनिक रूपमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेकी छिन् । हेंगमेह गाजियानी र कातायुन रियाहीलाई इरानका अधिकारीहरूविरुद्ध मिलेर काम गरेको आरोप लगाइएको इर्ना समाचार निकायले जनाएको छ ।

दुवै अभिनेत्रीले यसअघि हिजाब नलगाइ सार्वजनिक कार्यक्रममा देखिएका थिए । सेप्टेम्बरमा प्रहरी हिरासतमा एक महिलाको मृत्युपछि फैलिएको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले हिजाब फुकालेको अनुमान गरिएको थियो ।

नैतिकतासम्बन्धी प्रहरीको पक्राउमा परेकी २२ वर्षीया महसा अमिनिको हिरासतमै मृत्यु भएको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो । 
 

प्रतिक्रिया