रुकुम पूर्व । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेशसभा सदस्य चयन गर्न रुकुम पूर्वमा मतदान जारी रहेको छ । मतदान सुरु हुनुअघि नै मतदाता लाइनमा बसेका थिए ।
जिल्लामा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । एक प्रतिनिधिसभा र २ प्रदेशसभा सदस्य रहेको रुकुम पूर्वमा ५६ वटै मतदान केन्द्रमा मतदान जारी रहेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए । जिल्लामा ४४ मतदान स्थल र ५६ मतदान केन्द्र रहेका छन् ।
यहाँ ३४ हजार एक सय १२ मततदाता रहेका छन् । जसमा पुरुषको संख्या १७ हजार दुई सय १५ रहेको छ भने महिलाको संङख्या १६ हजार आठ सय ९७ छ ।
निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले सबैमा अपिल गरेको छ ।
ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी मतदानका लागि लाइन बस्नु नपर्ने मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिए ।
अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको छ उनले भने मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइन बनाएको बताए ।
घिमिरेले अरूको नाममा मत नहाल्न, दोहोर्याएर मतदान गर्ने प्रयास नगर्न, आफ्नो मत अरुलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए–नभएको एकिन गर्न आग्रह गरेका छन् ।
रुकुम पूर्व
प्रतिक्रिया