लमजुङ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि देशभर कर्मचारी तथा सुरक्षाकर्मि खटिएसँगै लमजुङ जिल्लामा पनि बिहीबार निर्वाचन कार्यालयमा भीड थियो ।
५६ प्रकारका निर्वाचन सामाग्री लिन आउनेको दिउँसो २ः३ बजेसम्म भीड थियो । निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो केन्द्रमा खटिएका छन् ।
८ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २ हजार ३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्लाभर १ सय ८८ मतदान अधिकृत सहित १४ सय ९७ कर्मचारी आ–आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको केन्द्रमा पुगेका छन् ।
त्यस्तै सुरक्षाको लागि म्यादी प्रहरी १ हजार ९७ जना खटिएका छन् भने नेपाल प्रहरी ६ सय १२ जना, नेपाली सेना ४ सय ६०, सशस्त्र प्रहरी १ सय ९७ जना र राष्ट्रिय अनुसन्धानका १० जना खटियका छन् । उनीहरूलाइ मतदानस्थल, मतदान केन्द्रको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिने भएको निर्वाचन कार्यालयले जनाएको छ ।
लमजुङमा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित १ सय ३० मतदानस्थल छन् । कारागार र समन्वय समिति अस्थायीसहित १ सय ८८ वटा मतदान केन्द्र छन् ।
लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन् ।
संघतर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा (क) तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन् ।
त्यस्तै, प्रदेश सभा (ख) तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।
लमजुङ
प्रतिक्रिया