दीपक बोहरालाई भोट हाल्न अभिनेता प्रदीप खड्काको आग्रह

भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भने, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु, लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहोस् ।’

खड्का र गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न अपिल गरेको करभिका थापाले बताइन् ।

प्रतिक्रिया