चितवनमा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु

चितवन । जिल्लामा साउन यता उपचारको लागि आएका ६ जनाको डेंगु रोगको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार ९ सय ७४ जनाको परीक्षण गरिएकामा २ हजार ९ सय ४९ जनामा डेंगुको संक्रमण देखिएको छ ।

संक्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय ८ जना रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी डेंगु रोगको संक्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ १ हजार ४ सय ५० जनामा डेंगु रोग देखिएको केसीले बताए ।

उनका अनुसार खैरहनी नगरपालिकामा १ सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेंगु रोग देखिएको थियो ।

यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगुको संक्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका संक्रमितमध्ये १ हजार १ सय ३६ पुरुष र ९ सय १४ जना महिलामा डेंगु रोगको संक्रमण देखिएको उनले बताए ।

प्रतिक्रिया