कपिलवस्तुमा स्वतन्त्र उम्मेदवारको समर्थन कांग्रेसलाई, चुनावी प्रतिस्पर्धा कडा हुने आँकलन

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कांग्रेसलाई समर्थन गरेका छन् ।

नेपाली कांग्रेसका संघीय उम्मेदवार अभिषेकप्रताप शाहलाई जिसीले समर्थन गरेको कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसीले जानकारी दिए ।

चुनावी अभियानलाई निष्क्रिय बनाई शाहलाई समर्थन गरेका पौडेलले विकास र समृद्धिको अभियानमा आफ्नो साथ कांग्रेसलाई रहेको जानकारी उनले दिए ।

जिसीले आफनो उम्मेदवारी निष्क्रिय बनाइ शाहलाई समर्थन गरेसँगै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ मा चुनावी प्रतिस्पर्धा झनै कडा हुने देखिएको छ ।

जिल्लाको यस क्षेत्रमा नेपाली कांग्रेसका शाह, नेकपा एमालेका मङ्गलप्रसाद गुप्ता र जनता प्रगतीशील पार्टीका इश्वरदयाल मिश्रा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरिया, जनमत पार्टीका नरसिंह चौधरी प्रतिनिधीसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् छ ।

प्रतिक्रिया