प्युठान । प्युठानमा कांग्रेस (विपी) र जनता समाजवादी पार्टीले मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई सघाउने निर्णय गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष विजयराज विष्ट, कांग्रेस (विपी)का जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्यक्ष श्रीराम पोखरेलले तीन बुँदे सहमती शुक्रबार प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।
प्रतिनिधी र प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ कांग्रेस (विपी) र जसपाले एमालेका उम्मेदवारलाई मतदान गर्ने र समानुपातिक तर्फ आ–आफ्नो पार्टीलाई मतदान गर्ने निर्णय भएको एमाले प्यूठानमा अध्यक्ष विजयविराज विष्टले जानकारी दिए । चुनावी प्रचार प्रसा र घरदैलो अभियान संयूक्त रुपमा गर्ने समेत निर्णय भएको अध्यक्ष बिष्टले बताए ।
नेपाली कांग्रेस (विपी) का जिल्ल सभापती बल बहादुर महतरा स्थानीय तह निर्वाचनमा झिमरुक गाउँपालिका वडा नम्वर २ मा वडा अध्यक्ष उम्मेदवार थिए । प्युठानमा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)बाट सुर्य थापा र गठबन्धनको तर्फबाट राजमोकी दुर्गा पौडेल बिच चुनावी प्रतिस्पर्धा रहेको छ ।
त्यस्तै प्रदेश (क) मा नेकपा (एमाले)बाट तुल्सिराम शर्मा र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) र प्रदेश (ख) मा नेकपा (एमाले)बाट हरि प्रसाद रिजाल र गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका रोज राणा (सरोज थापा) चुनामी मैदानमा रहेका छन् ।
प्रतिक्रिया