घरका भित्तामा चित्र कोर्ने चलन

पोखरीया । तराई मधेशमा तिहार आएपछि गोबद्र्धन पूजासम्म आफ्ना घर लिपपोत गर्ने र घरका भित्तामा चित्ताकर्षक चित्र कोर्ने चलन छ । हरेक चित्रको विशेष अर्थ रहेको छ ।

तराई मधेशमा माटोले बनाइएको घरको भित्तामा विभिन्न किसिमका चित्रकला कोर्ने परम्परा रहेको पर्सा गर्दोनकी सुशीलादेवीले बताइन् । भित्तामा कोरिने हरेक चित्रकलाको विशेष महत्त्व रहेको संस्कृतिविद् उमाशंकर द्धिवेदीले बताए ।

लिपपोत गरी आकर्षक बनाउन भित्तामा बाघ, हरिण, चराचुरुङ्गी, गुलाबको फूललगायतका चित्रकला बनाइने गरीएको पकाहा मैनपुरकी अञ्जनादेवीले बताइन् । वर्षा सकिएर रङ्गीन दिन आएको प्रतीकका रूपमा यी चित्र कोरिन्छ । जीवन तथा दिन सधैँ रङ्गीन होस्, हरियाली छाओस् भनेर यसो गरिने चलन रहेको बताइन्छ ।

गाउँघरमा आफ्ना घरका भित्तामा विभिन्न चित्रकला कोर्न सुरु गरिएपनि गोवद्र्धन पूजापछि यसको रौनक झन् बढी देखिने गरेको बताइन्छ । कोरिने ती चित्रकलाले विवाहलगायत शुभकार्यका लागि लगन सुरु हुने संकेतसमेत दिने गरेको संस्कृतिविद् चन्द्रकिोशोरले बताए । थरीथरीका रङ्गीन चित्रले घर तथा गाउँकै शोभा बढाउने र तिनलाई शुभ दिनको सुरुवातको रूपमा लिइने गरिएको छ ।

प्रतिक्रिया