पाँचथर । फालेलुङ गाउँपालिका मेमेङमा शनिबार नागरिक सुनुवाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । नागरिक सुनुवाई तथा लागुऔषध नियन्त्रण, आत्महत्या रोकथाम, लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रण लगायत विविध विषयहरूमा चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
बिभिन्न किसिमका हिंसाका घटना न्युनिकरण साथै सुरक्षा बिषयक कार्यक्रम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । उक्त सचेतना जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त रुपमा नागरिक बीच सम्पन्न भएको सिडिओ गैरको भनाइ छ ।
फालेलुङ गाउँपालिका ३ ईलाका प्रहरी कार्यालय मेमेङको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विरविक्रम थाम्सुहाङ, प्रमुख जिल्ला अधिकारी गणेश गैरे, गाँउपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगु, रणशेर गण ओदिनका प्रमुख सेनानी दिलिप राउत, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरी खतिवडा, राष्ट्रिय अनुसन्धान आयोग जिल्ला कार्यलयका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँई लगायत ८ वटै वडाका वडाध्यक्षहरू को उपस्थिति रहेको थियो ।
नागरिक सुनुवाईमा उठेका सवालहरूको गाँउपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्यलय प्रमुख लगायतले जवाफ दिएका थिए । कार्यक्रममा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी पर्चा समेत वितरण गरिएको थियो ।
प्रतिक्रिया