ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्याक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
५५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ की शर्मिला शेर्पा र वर्ष १७ का लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
उनका अनुसार उनीहरु सबैको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल झरेको थियो ।
अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्याक्टरमा सवार थिए ।
प्रतिक्रिया