बझाङ । चाडपर्व नजिकिएसँगै बझाङ जिल्लामा खेलकुदका गतिविधि पनि बढ्न थालेका छन् । बझाङको सदरमुकाम चैनपुरमा खेल मैदान नहुदा आयोजक समितिले कित खेतमा कित बगरमा खेल आयोजना गर्नुपर्ने बाध्यता रहिआएको आयोजक समितिले जनाएको छ ।
सदरमुकाम चैनपुरमा कोजाग्रत पूर्णिमामा लाग्ने जिल्लाकै पवित्र एवं धार्मिक मेला देविथान मेलाको अवसरमा बझाङ उद्योग वाणिज्य संघले प्रतेक वर्ष आयोजना गर्दै आएको पालिक स्तरीय ठूलो धनराशीको भलिवल प्रतियोगिता आईतबारदेखि सुरु गरिएको थियो ।
आयोक समितिले एक हप्तासम्म आएको अविरल वर्षाका कारण उक्त प्रतियोगिता ९ दिनपछि सञ्चालन गर्न बाध्य भएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।
सुर्मेलीले भने, ‘प्रत्येक वर्ष हामीले ठूलै धनराशिको भलिवल प्रतियोगिता आयोजना गर्दै आएका छौँ, सदरमुकाम चैनपुरमा खेल मैदना नहुँदा कित हामीले बाहुली गाडको बगरमा गर्नुपर्छ कित यही चैनपुरमा रहेको (ठूला गडामा) धान लगाउने खेतमा गर्नुपर्ने बाध्यता हुन्छ ।’
खेल मैदान नहुँदा प्रत्येक वर्ष खेल कहाँ सञ्चालन गर्ने भन्नेमा चिन्ता हुने गरेको उनको भनाइ छ । केही दिन दशैँ तिहारको अवसर पारी भोपुर फुटवल क्लवले आयोजना गरेको फुटवल प्रतियोगिता खेल मैदानको अभावमा भोपुरमा रहेको सेती नदीको छालमा रहेको कालाकालीमा सम्पन्न भएको थियो ।
भलिवल, फुटवल, क्रिकेट, ब्याडमिन्टन, कराँते जुडो बक्सीङलगायत विभिन्न खेलहरुमा प्रदेश स्तरीय प्रतियोगितामा निकै सक्रिय सहभागिता जनाउँदै बझाङ जिल्ला उत्कृष्ट नतिजा समेत हासिल पनि गर्दै आएको र खेल मैदानको अभाव हुँदा खेल सञ्चालन र प्रशिक्षण गर्न कित खुल्ला चौर बगरमा कित पार्टी कार्यालयको प्राङ्गणमा प्रशिक्षण गर्नुपर्ने बाध्यता रहिआएको खेलाडी तथा जिल्ला खेलकुद समिति बझाङका अध्यक्ष पुष्पलाल रोकाया (ज्वाला) ले बताए ।
ज्वालाले भने स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले खेलकुद विकासका लागि पालिका स्तरीय कर्वडहल निर्माण नभएपनि जिल्ला स्तरीय बहुउदेश्य कवर्डहल निर्माण गर्नुपर्ने भएता पनि पोखरामा सञ्चालित ९औँ राष्ट्रिय खेलकुमा भएकाले यो समयअवधीभर खेलकुदको बारेमा नियमले बाँधेको हुँदा धेरै बोल्न नहुने बताए ।
जिल्लामा खेलकुद विकासको लागि उपयुक्त जग्गा छनोट गरी आगामी दिनहरुमा खेल मैदान निर्माण गर्ने आफ्नो योजना रहेको र लगतै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सकिएपछि नगर खेलकुद विकास समिति गठन गरी खेलकुदका आवश्यक भौतिक संरचना खेल सामग्रीलगायतका बारेमा आवस्यक छलफल गरी प्रक्रिया अगाडि बढाउने जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाले बताए ।
बजालले अघिल्लो स्थानीय सरकारले खेलकुद विकासका लागि भौतिक सँङ्रचना निर्माण नगरेको भएतापनी अवको स्थानिय सरकारले नगरपालिका भित्र भौतिक संरचना निर्माण गरी उत्कृष्ट खेलाडी निर्माण गर्न पहल चाल्ने बताए ।
व्यक्तिगत लगानीमा कवर्ड हल निर्माण
बझाङको सदरमुकाम चैनपुरमा व्यक्तिगत लगानीमा कवर्ड हल निर्माण भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका— १० का सन्तोस सिंहले व्यक्तिगत लगानीमा ब्याडमिन्टनका लागि कवर्ड हल निर्माण गरेका हुन् । कवर्डहल निर्माण गर्न झण्डै १५ लाख रुपैयाँ लागेको सिंहले बताए ।
ब्याडमिन्टन खेल्ने खेलाडीको संख्या बढ्दै गएको र कहिले पानी पर्दा र कहिले हावाहुरी चल्दा खेल खेल्न समस्या हुने भएकाले ब्याडमिन्टन खेल्न कवर्ड हल बनाएको उनले बताए । बझाङ जिल्लामा ब्याडमिन्टनका प्रशिक्षक नभए पनि राम्रा खेलाडी उत्पादन भइरहेको र कवर्डहल निर्माण भएपछि खेलाडीहरुलाई सहज भएको खेलाडी निरनराम जोशीले बताए ।
उनका अनुसार बझाङमा कुनै प्रतियोगिता गर्नुपर्यो भने विद्यालय नै बन्द गरेर खेल सञ्चालन गर्नुपर्ने अवस्था थियो । कवर्डहल निर्माण भएपछि ब्याडमिन्टन खेल सञ्चालन गर्न सहज भएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । जिल्लामा खेल मैदानको आवश्यक भए पनि सरोकारवाला निकायको ध्यान नगएका कारण समस्या यथा स्थानमै रहेको छ ।
बझाङ
प्रतिक्रिया