मकवानपुरमा डेंगुका बिरामी चार हजारभन्दा बढी

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेंगुको संक्रमणबाट चार हजार एक सय ३१ जना बिरामी भएका छन् ।

मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिमा डेंगुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा हालसम्म तीन हजार चार सय ७५ जनामा डेंगुको संक्रमण भएको सो कार्यालयले जनाएको छ ।

जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेंगुका बिरामी बढी रहेको जनाइएको छ । डेंगुका बिरामी बढेसँगै हेटौँडा अस्पताल, निजी क्लिनिक तथा नर्सिगं होममा बिरामीको चाप अत्यधिक रहेको छ ।

डेंगुका गम्भीर बिरामीलाई भरतपुर तथा काठमाडौंका अस्पतालमा पठाउने गरिएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेंगु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा पाइने गरेको छ । डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, आँखा माथिको भाग दुख्नेलगायतका समस्या देखिन्छ ।

प्रतिक्रिया