ट्याक्टर दुर्घटना हुँदा बझाङमा चालकको मृत्यु

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार जिल्लाको बित्थडचिर गाउँपालिका– २ मा सुपप्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी जागेश्वर भण्डारीका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक २३ वर्षीय करन बोहराको उपचारको क्रममा डडेल्धुरा लैजाने क्रममा शनिबार नै मृत्यु भएको हो ।

सोही दुर्घटनामा २८ वर्षीय निरज बोहरा सामान्य घाइते भएको उनले जानकारी दिए । ट्याक्टर सडकभन्दा ३ सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया