पाँचथर । पाँचथर जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा सुरक्षा र विभिन्न अपराध न्यूनिकरण गर्न सुरक्षा अधिकारीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार ‘६७औँ प्रहरी दिवस २०७९’ पत्रकार भेटघाट कार्यक्रममा सिडिओ, डिएसपी, सरकारी वकीललगायतले सुरक्षा र कानूनी प्रावधानले अपराध न्यूनिकरण गर्न सकिने विचार व्यक्त गरे ।
चियापान समेत रहेको कार्यक्रममा सञ्चारकर्मीहरुले लागुऔषध नियन्त्रण गर्नुपर्नेमा प्रश्न उठाएका थिए । साथै, कार्यक्रममा नजिकै आइरहेको तिहारमा हुने पटकालगायतका घटनालाई ध्यानाकर्षण गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारसँग समन्वय गरी विभिन्न अपराध न्यूनिकरण विषयक सचेतना गर्ने र गर्दै आइरहेको डिएसपी हरि खतिवडाले जानकारी दिए । त्यसैगरी पाँचथरमा आत्महत्या, बालहिंसा, बलात्कार बढ्दै गएको पाइएको छ ।
प्रतिक्रिया